Logo
Logo

काठमाडौंको शंखमूलमा आगलागी


1.1k
Shares

काठमाडौं । काठमाडौंको शंखमूलस्थित एक पसलमा आगलागी भएको छ । दोभान पुलनजिक गाडीको वर्कसप र त्यस वरपरका पसलमा आगलागीबाट क्षति पुगेको छ ।

आगलागीबाट एउटा मोटर ग्यारेज, पानपसल, चियापसल, माछापसल र फलफूल पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जलेको ग्यारेज सँगैको अर्को एउटा ग्यारेजमा समेत आगोले क्षति पु¥याएको प्रहरीले जनाएको छ ।

ललितपुर महानगरपालिकाका दुईवटा दमकल सुरुमा आगो निभाउन आइपुगेका थिए । त्यसपछि मात्र काठमाडौंको जुद्ध बारुण यन्त्र पुगेको थियो ।

प्रहरी र स्थानीयको समेत सहयोगमा आगो निभाउने क्रम जारी भएकाले आगलागीबाट भएको क्षतिको विवरण एकीन भएको छैन । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार ग्यास सिलिण्डर लिक भएर आगलागी भएको देखिएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000