Logo
Logo

शीतल निवास पुगेर प्रधानमन्त्री बालेनले भेटे राष्ट्रपति


0
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न प्रधानमन्त्री बालेन शाह शीतल निवास पुगेका छन् । अपराह्न ३ बजे प्रधानमन्त्री शाह शीतल निवास पुगेका हुन् ।

अहिले प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता जारी छ । भेटमा भारत भ्रमण, अध्यादेश र सरकारका कामकारबाहीबारे छलफल भइरहेकाे बताइएकाे छ । भारतको दुईदिने भ्रमणमा जाने बेला प्रधानमन्त्रीले राष्ट्रपतिसँग नभेटेको टिप्पणी हुँदै आएको थियो ।

यसअघि आजै रास्वपा सभापति रवि लामिछानेले शीतल निवास पुगेर राष्ट्रपतिलाई भेटवार्ता गरेका थिए । लामिछाने राष्ट्पतिलाइ भेटेर फर्किएलगत्तै प्रधानमन्त्री बालेन पनि शीतल निवास पुगेका हुन् ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000