Logo
Logo

मधेसमा मन्त्रीपरिषद् विस्तार, थपिए तीन राज्यमन्त्री


945
Shares

धनुषाा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिमण्डल विस्तार गरेका छन् ।

विस्तारित मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ । मुख्यमन्त्री यादवले नेकपा एमाले, जसपा, माओवादी केन्द्र र जपालाई समेटेर मन्त्रिमण्डल विस्तार गरेका हुन् । नवनियुक्त मन्त्रीहरूको कार्य विभाजन समेत गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नयाँ मन्त्रीहरूको जिम्मेवारीअनुसार सरोकुमार यादव भौतिक पूर्वाधार विकास, भरतप्रसाद साह वन तथा वातावरण, सञ्जयकुमार यादव अर्थ, गोविन्दबहादुर न्यौपाने भूमि व्यवस्था, कृषि सहकारी, सरिताकुमारी साह खेलकुद तथा समाज कल्याण, राजकुमार लेखी गृह सञ्चार तथा कानुन, सिंगासन सा कलवार ऊर्जा सिँचाई तथा खानेपानी, शत्रुधन सिंहले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

त्यसैगरी युवराज भट्टराई उद्योग वाणिज्य तथा आपूर्ति, प्रमोदकुमार जयसवाल शिक्षा, मेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राज्यमन्त्रीहरूमा अवुल कलाम आजाद ऊर्जा तथा सिँचाई, केशव राय स्वास्थ्य तथा जनसङ्ख्या र शारदा थापा गृह सञ्चार तथा कानुन मन्त्रालय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्