Logo
Logo

सुन तोलाकै एक लाख ३८ हजार चार सय रुपैयाँ


189
Shares

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला एक लाख ३७ हजार नौ सयमा कारोबार भएको छापावाला सुन आइतबारका लागि एक लाख ३८ हजार चार सय निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ३७ हजार दुई सय ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३७ हजार सात सय ५० निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा १० ले घटेको छ । शुक्रबार प्रतितोला एक हजार सात सय ३५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार सात सय २५ निर्धारण भएको छ ।

प्रतिक्रिया दिनुहोस्