
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज (शुक्रबार) विभिन्न तरकारी तथा फलफूलको थोक मूल्य सार्वजनिक भएको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार आज सिताके च्याउ प्रतिकिलो एक हजार रुपैयाँ पुगेको छ भने पार्सलेको मूल्य दुई हजार ८०० रुपैयाँ कायम भएको छ ।
तरकारीतर्फ मटरकोसा प्रतिकिलो १५०, पालुङ्गो साग १५०, मेथीको साग १५०, ब्रोकाउली १८०, तने बोडी १००, घिउ सिमी १२०, गाजर १०० देखि १२० र भिण्डी १२० रुपैयाँ प्रतिकिलो रहेको छ । त्यस्तै, गोलभेँडा ठूलो नेपाली तथा भारतीय दुवैको मूल्य ७० रुपैयाँ र सानो गोलभेँडा ३० देखि ६० रुपैयाँ कायम भएको छ ।
आलु रातो प्रतिकिलो ५५, आलु सेतो ४०, सुकेको भारतीय प्याज ९०, काउली ४० देखि ५०, बन्दा ३० र मूला ३० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ । कन्य च्याउ प्रतिकिलो ३३०, डल्ले च्याउ ४०० र राजा च्याउ ३२० रुपैयाँ कायम भएको छ ।
फलफूलतर्फ अनार प्रतिकिलो ४००, स्याउ (फुजी र जुम्ला) ३५०, किबी ३५०, आभोकाडो ३५०, स्ट्रबेरी ५०० र ड्रागन फ्रुट ५०० रुपैयाँ रहेको छ । नेपाली सुन्तला प्रतिकिलो १२०, नेपाली मेवा ६०, भारतीय मेवा १२० र केरा प्रतिदर्जन १५० रुपैयाँ कायम गरिएको छ ।
मसलाजन्य वस्तुमा सुकेको खुर्सानी प्रतिकिलो ५५०, सुकेको लसुन २६०, अदुवा १००, हरियो धनियाँ १५० र हरियो अकबरे खुर्सानी ३५० रुपैयाँ रहेको छ ।
समितिले सार्वजनिक गरेको मूल्य थोक बजारको मूल्य हो । खुद्रा बजारमा भने ढुवानी, पसल खर्च तथा अन्य कारणले मूल्य फरक पर्न सक्नेछ ।



















