Logo
Logo

मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण रकम पठाइएको सक्कल फाइल फेला

थप अनुसन्धानका लागि सीआईबीमा पठाइयो


0
Shares

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकहरूको स्वास्थ्य परीक्षणका नाममा सङ्कलन गरिएको रकम मलेसियाको बेस्टिनेट कम्पनीमा पठाइएको सम्बन्धी सक्कल फाइल फेला परेको छ ।

The current image has no alternative text. The file name is: cib.jpg

युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको पहलमा गत मंसिर २ गते मन्त्रीस्तरीय निर्णयबाट उपसचिव उपेन्द्र पौडेलको नेतृत्वमा गठित कार्यदलले उक्त फाइल फेला पारेको हो ।

म्याक्रोटेक कम्पनीमार्फत मलेसियाको बेस्टिनेट कम्पनीमा रकम पठाइएको सम्बन्धमा आवश्यक कागजात तथा विवरण खोजी गर्ने जिम्मेवारी पाएको कार्यदलले मन्त्रालयका विभिन्न शाखामा रहेका अभिलेख तथा कागजातको अध्ययन र खोजबिन गरेको थियो ।

कार्यदलले दिनरात खटिएर सक्कल फाइल फेला पारेको र तोकिएको समयसीमाभन्दा अगावै आफ्नो जिम्मेवारी पूरा गरी फाइल हस्तान्तरण गरेको जनाएको छ ।

फेला परेको सक्कल फाइल थप अध्ययन तथा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० मा पठाइएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000