Logo
Logo

बुटवलको प्रमुख बजारमा पस्यो बाढी


441
Shares

बुटवल । शुक्रबार रातीदेखि परेको वर्षापछि आएको बाढी बुटवलको मुख्य बजारमा पसेको छ । बुटवलको प्रमुख बजार केन्द्र अमरपथसहित विकास पथ, शान्ति टोलका एक सयभन्दा बढी पसलहरुमा बाढीले क्षति पु¥याएको छ ।

पसलमा भएका सामानहरुमा क्षति हुँदा करोडौँको नोक्सान भएको व्यवसायीले बताएका छन् । बुटवल हाटबजारनजिक रहेको राष्ट्रिय समाचार समिति (रासस)को कार्यालय पूर्ण रुपमा डुबानमा परेको छ । कार्यालयमा रहेका महत्वपूर्ण कागजात, कपडाहरु नष्ट भएको रासस लुम्बिनी प्रदेश प्रमुख भरत केसीले बताए ।

यस्तै, उद्योग संघ, बस व्यवसायी प्रालिको कार्यालयमा समेत बाढीले क्षति पु¥याएको छ । कक्षाकोठा भित्रै बाढी पसेपछि बुटवल उपमहानगरपालिका ११ मा रहेको न्यू होराइजन माध्यमिक विद्यालयले विद्यालय बन्द गरेको छ । बाढीले बगाएर ल्याएको लेदो कक्षा कोठाभित्रै पसेपछि विद्यालयले जनाएको छ । अमरपथ बजार क्षेत्र बाढीले अस्तव्यस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्