Logo
Logo

मधेश सरकार जोगाउन उपेन्द्रले मागे महन्थको साथ


9k
Shares

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान सरकारबाट राजीनामा दिएका उपेन्द्रले लोसपा अध्यक्ष ठाकुरलाई भेटेका हुन् । स्रोतका अनुसार
भेटमा अध्यक्ष यादवले मधेस प्रदेशको सरकारमा सहयोग गर्न आग्रह गरेका छन् ।

जसपा नेपालको नेतृत्वमा रहेको मधेस सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिइसकेपछि सो सरकार अहिले अल्पमतमा परेको छ । कांग्रेस, एकीकृत समाजवादी र लोसपाले साथ दिए जसपा नेतृत्वको सरकार जोगिन सक्ने अवस्था देखेर उपेन्द्र ठाकुरसँग सहयोग माग्न पुगेका हुन् ।

छलफलका क्रममा यादवले आफ्नो पार्टी माओवादी र एमालेले मिलेर विभाजन गराएको गुनासो गरेका थिए । लोसपाका महासचिव मनिष मिश्रले दुई अध्यक्षबिच समसामयिक विषयमा कुराकानी भएको बताए । मधेस सरकार, केन्द्र सरकार, गठबन्धनलगायतको विषयमा कुराकानी भएको तर कुनै ठोस निष्कर्ष भने ननिस्केको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्