तेहरान । इरानका राष्ट्रपति इब्राहिम रइसीको मृत्युबारे हमासले आधिकारिक रूपमा प्रतिक्रिया जनाएको छ ।
हमासले भनेको छ, ‘अल्लाहको मर्जीका साथ हाम्रो समवेदना इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनाइ, इरान सरकार र इरानका जनतामा रहेको छ । दुःख र मुस्किलको स्थितिमा हामी इरानको साथ छौँ ।’

इरानको मात्र नभए आफूहरूको लडाईंमा साथ दिएको नेताको रूपमा रइसीलाई हमासले भनेको छ, ‘दुर्घटनामा इरानका ती नेताको ज्यान गएको छ, जसले इरानको हितको लागि लामो लडाईं लडे । र, हाम्रो लडाईंमा पनि पूरा सहयोग गरे । यहुदीको अत्याचारविरुद्धमा प्यालेस्टाइन र प्यालेस्टाइन लडाईंमा उहाँले हामीलाई सदैव साथ दिनुभएको छ । हामीलाई भरोसा छ कि इरानका जनता यो दुखद् अवस्थाबाट बाहिर निस्कन सफल हुनेछन् ।’
इरानका राष्ट्रपतिको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको सोमबार पुष्टि भएको थियो ।














