Logo
Logo

बैङ्कहरू र सुपर बागमती हाइड्रोपावरबिच लगानी सम्झौता


504
Shares

काठमाडौं । लक्ष्मी सनराइज बैङ्कको अगुवाइमा सहवित्तियकरणमा सहभागी बैङ्कहरू र सुपर बागमती हाइड्रोपावरबिच कम्पनीले ललितपुर र मकवानपुर जिल्ला स्थित बागमती नदीमा निमार्ण गर्ने ४१.३१४ मेगावाट क्षमताको सुपर तल्लो बागमती जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता भएको छ । 

आयोजनाको कूल लागत ९ अर्ब २८ लाख रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । सुपर बागमती हाइड्रोपावरले २०७८ माघ १२ गते विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विध्युत उत्पादनको अनुमति पत्र लिएको थियो । कम्पनीले २०८० असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत  खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । कम्पनीको प्रवर्द्धकमा एसियन लाइफ इन्स्योरेन्स कम्पनी लि. र ए.एन.के कन्स्ट्रकशन छन् ।

परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैङ्कको नेतृत्वमा सहवित्तीयकरणमा सहभागी बैङ्कहरूले परियोजना लागतको ७४.३३ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । बाँकी २५.६७ प्रतिशत रकम प्रर्वदक/संस्थापकहरुको लगानी रहने छ । परियोजनामा लक्ष्मी सन्राईज बैङ्कको कर्जा प्रतिबद्धता ३ अर्ब ४ लाख रहेको छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैङ्कहरू मध्ये सह–अगुवा एभरेष्ट बैङ्कको २ अर्ब ५ लाख तथा सिटिजन्स बैंक इन्टरनेशनलको १ अर्ब लगानी रहेको छ । 

आयोजना निमार्ण सम्पन्न भई विद्युत् उत्पादन भएपश्चात् वार्षिक करिब २४३.८ गिगावाट आवर विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जडान हुनुको साथै स्वतन्त्र ऊर्जा उत्पादकको मध्येको ठुलो परियोजनाको रुपमा रहने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्