Logo
Logo

सेनालाई गुणस्तरहीन ब्याग


- दृष्टि न्युज/संवाददाता


काठमाडौं । नेपाली सेनाले ८ हजार थान गुणस्तरहीन ब्याग लिएको छ । सेनाका लागि आवश्यक १८ हजार सेट वेभ इक्युपमेन्ट ब्याग खरिदको ठेक्का पाएका न्यू क्रियसनका बिजय श्रेष्ठले गुणस्तरहीन ब्याग बुझाइसकेका छन् । सेनाले रासनदेखि कपडासम्म बोक्नुपर्ने वेभ इक्युपमेन्ट ब्याग १ हजार दिनार नाइलन(मापदण्ड) को पानी नछिर्ने(वाटरप्रुफ) हुनुपर्छ । तर ठेकेदार श्रेष्ठले ५ सय दिनार नाइलनको गुणस्तरहीन पानी छिर्ने ब्याग बुझाएका छन् । सेनाको स्टोर असवाफखानाले उक्त ब्याग बुझिसकेको छ । भुक्तानी लिने प्रक्रियामा न्यू क्रियसनका बिजय श्रेष्ठ छन् ।

सेनाको असवाफखानाका कर्णेलसँग सेटिङ गरी श्रेष्ठले उक्त ब्याग बुझाइसकेका छन् । एकातिर कम दरमा हाल्ने अरु २ वटा कम्पनीले १ हजार दिनार क्वालिटी नाइलनकै गुणस्तरीय ब्याग दिने प्रस्ताव गर्दागर्दै सबैभन्दा बढी दरमा हाल्ने न्यू क्रियसनलाई ठेक्का दिइएको थियो । त्यही पानी छिर्ने गुणस्तरहीन ब्याग बुझेर भुक्तानीको अन्तिम चरणमा छ । न्यू क्रियसनले ४९.७५ अमेरिकी डलरमा एक सेट वेभ इक्युपमेन्ट ब्याग दिनसक्ने बोलपत्र पेश गरेको छ । उसको भन्दा कम दरमा अरु २ वटा कम्पनीले दिने प्रस्ताव गरेको भए पनि सेनाले खरिद ऐन अनुसार कम दरकोलाई नदिई बढी दरको कम्पनीलाई दिएको स्रोतले बताएको छ । रक्षामन्त्री इश्वर पोखरेलको सालो भन्दै बिजय श्रेष्ठले प्रधानसेनापति थापालाई दबाब दिएर गुणस्तरहीन ब्याग सेनालाई किन्न बाध्य बनाएका छन् ।
८ करोड बराबरको वेभ इक्युपमेन्ट ब्यागको टेण्डरमा कम दरमा बोलपत्र पेश गर्ने कम्पनीलाई नदिई सबैभन्दा बढी दरमा पेश गर्ने कम्पनीलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्