Logo
Logo

१० महिनामा २० वाणिज्य बैङ्कको नाफा ४८ अर्ब ६७ करोड


252
Shares

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा २० वटा वाणिज्य बैङ्कहरूले ४८ अर्ब ६० करोड ६७ लाख रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैङ्कको तथ्यांकअनुसार साउनदेखि वैशाख मसान्तसम्ममा सो परिणाममा नाफा कमाएका हुन् ।

वाणिज्य बैङ्कहरू मध्ये नबिल बैंक पहिलो नम्बरमा छ । सो बैङ्कले पाँच अर्ब ४६ करोड २५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । सबैभन्दा कम नेपाल बैंक रहेको छ । नेपाल बैङ्कले ५९ करोड ३ लाख नाफा कमाएको छ ।

धेरै नाफा कमाउने बैङ्कको दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक छ । यो बैङ्कले चार अर्ब १२ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले तीन अर्ब ७७ करोड १० लाख रुपैयाँ नाफा कमाइ तेस्रो स्थानमा छ ।

प्राइम कमर्सियल बैंक नाफा कमाउने चौथो स्थानमा छ । यो बैङ्कले तीन अर्ब २२ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ । एभरेस्ट बैङ्कले २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ नाफा कमाइ पाँचौँ स्थानमा छ ।

कृषि विकास बैङ्कले, दुई अर्ब ६९ करोड ७८ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले दुई अर्ब ६६ करोड ५८ लाख,  राष्ट्रिय वाणिज्य बैङ्कले दुई अर्ब ५६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रभु बैङ्कले दुई अर्ब ५० करोड ४६ लाख, एनएमबि बैङ्कले दुई अर्ब ४८ करोड ७३ लाख, हिमालयन बैङ्कले दुई अर्ब २२ करोड ८९ लाख, एनआईसी एशिया बैङ्कले दुई अर्ब १६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।

यस्तै सिद्धार्थ बैङ्कले एक अर्ब ९७ करोड ७७ लाख, लक्ष्मी बैङ्कले एक अर्ब ९५ करोड ६९ लाख, सानिमा बैङ्कले एक अर्ब ७४ करोड ६४ लाख, सिटिजन्स बैङ्कले एक अर्ब ५० करोड ३२ लाख रुपैयाँ नाफा कमाएको हो ।

यसैगरी कुमारी बैङ्कले एक अर्ब ४२ करोड ९२ लाख, नेपाल एसबिआई बैङ्कले एक अर्ब ४२ करोड २९ लाख, माछापुच्छ्रे बैङ्कले एक अर्ब १० करोड ६२ लाख रुपैयाँ नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्