Logo
Logo

अर्थ मन्त्रालयका सहसचिवको जिम्मेवारी हेरफेर


756
Shares

काठमाडौं । अर्थ मन्त्रालयको दुईजना सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ । मन्त्रालयको प्रशासन महाशाखामा रहेका टोकराज पाण्डेको ठाउँमा नारायण प्रसाद सापकोटा आएका हुन् ।

यस्तै सुख्खा बन्दरगाहा भन्सार कार्यालयका प्रमसख डा. रामप्रसाद मैनालीको पनि सरुवा भएको छ । नयाँ भन्सार प्रमुखमा उपसचिव धन बहादुर बरुवाल गएका छन् । मैनालीलाई भने तालिम केन्द्र पठाएको छ ।

सुख्खा भन्सार कार्यालयमा पछिल्लो समय तस्करहरुले एकथरी भन्दै अर्कोथरी सामान जाँचपास गर्न खोज्दा सुपारी र पोस्ता दाना भएको खुल्न आएको थियो । पोस्ता दाना र सुपारीको लिलाम नहुँदै मैनालीको सरुवा भएको हो ।

यस्तै, आन्तरिक राजस्व कार्यालय विराटनगरमा उपसचिव भुपाल शक्यलाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्