Logo
Logo

दशौँ राष्ट्रिय खेलकुद : आज फुटबल, क्रिकेट, बास्केटबल, पौडी र टेनिसका प्रतिस्पर्धा हुँदै


0
Shares

काठमाडौँ । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज (मंसिर ९ गते) विभिन्न खेलका प्रतिस्पर्धा हुँदैछन् । आज पुरुष फुटबल, महिला क्रिकेट, महिला बास्केटबल, पौडी र टेनिसका खेलहरू सञ्चालन हुने तालिका रहेको छ ।

आज पुरुष फुटबलतर्फ बिहान ९ बजे नेपाल आर्मी र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै, दिउँसो २ः३० बजे कोशी प्रदेश र बागमती प्रदेश आमनेसामने हुनेछन् ।

महिला क्रिकेटतर्फ बिहान ९ः३० बजे बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ भने दिउँसो १ः१५ बजे कोशी प्रदेश र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

महिला बास्केटबलको फुल कोर्टतर्फ बिहान ९ बजे नेपाल पुलिस र कर्णाली प्रदेश तथा १० बजे मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ । त्यस्तै, ३x३ बास्केटबलतर्फ दिउँसो १२ः१० बजे नेपाल आर्मी र एपीएफ तथा १२ः३० बजे मधेस प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

पौडीतर्फ आज विभिन्न विधामा ११ वटा प्रतिस्पर्धा आयोजना हुनेछन् । महिला ८०० मिटर फ्रिस्टाइल र पुरुष ४०० मिटर इन्डिभिजुअल मेड्लेबाट सुरु हुने प्रतिस्पर्धामा महिला तथा पुरुष ५० मिटर बटरफ्लाई, २०० मिटर फ्रिस्टाइल र १०० मिटर ब्याकस्ट्रोक समावेश छन् । यस्तै, महिला ४×१०० मिटर मेड्ले रिले, पुरुष ४×२०० मिटर फ्रिस्टाइल रिले तथा मिक्स्ड ४×५० मिटर मेड्ले रिलेका खेल पनि हुनेछन् ।

टेनिसतर्फ पनि आज विभिन्न विधाका खेलहरू सञ्चालन हुनेछन् । एकलतर्फ समृद्धि महर्जन र शाल्वी शेरचनबीच प्रतिस्पर्धा हुनेछ । महिला एकलतर्फ शिवाली गुरुङ, आरुषी तुलाचन र अश्मी धामीका खेलसमेत तालिकामा छन् । शिवालीले भगवती बीकेसँग, आरुषीले प्रज्ञा मानन्धरसँग र अश्मीले स्वस्तिका बिष्टसँग प्रतिस्पर्धा गर्नेछिन् ।

यस्तै, पुरुष तथा महिला डबल्स र मिश्रित डबल्सतर्फ पनि विभिन्न खेलाडी तथा जोडीबीच प्रतिस्पर्धा हुनेछ । सन्तोष खत्री र सक्षम बी. शाहको जोडीले शाश्वत बज्राचार्य र अनिल साईको जोडीसँग खेल्दा माधव सिंह बिष्ट र रमेश सिंह डागाको जोडीले बिष्णु चापागाईं र सुमन थारुको सामना गर्नेछ ।

टेनिसका अन्य खेलमा गगन महर्जन र निश्चल कायस्थ, प्रदीप खड्का र करण बी. थापा, हिमाल शाह र मेघेन्द्र पी. गिरी, देवाशिष रेउले र सुमन लामा तथा दिलीप गुप्ता र अशोक थापाका जोडीले आ–आफ्ना प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्नेछन् । मिश्रित डबल्सतर्फ शिवाली गुरुङ र राज वीर प्रधान, सन्तोष भण्डारी र भगवती बीके, महेन्द्र बहादुर साउद र अश्मी धामी तथा स्वस्तिका बिष्ट र प्रणव खनालका जोडी मैदानमा उत्रनेछन् ।

प्रतियोगिताका विभिन्न खेलमा प्रदेश, विभागीय टोली र खेलाडीबीच पदक तथा उपाधिका लागि प्रतिस्पर्धा जारी रहनेछ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000