
काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढी अआउने सम्भाना रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार कोसीसहित केही प्रदेशका एक/दुई स्थानमा वर्षाको सम्भावना रहेका कारण नदी तथा खोलामा बाढी आउने सम्भावना रहेको हो ।
महाशाखाका अनुसार अनुसार आज ताप्लेजुङ, संखुवासभा, पाँचथर, इलाम र आसपास भइ बहने केही स–साना नदीमा आकस्मिक बाढीको जोखिम रहेको छ ।
कमला, वाग्मती, नारायणी, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कर्णाली, महाकाली र यसका सहायक नदीहरूमा पनि जलसतह सामन्य घटबढ हुने विभागले जनाएको छ । ती नदी तटीय भू–भागमा बायढी आउने सम्भावना रहेका भन्दै महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।














