काठमाडौं । नेपाली कांग्रेसका नेता तथा सांसद प्रदीप पौडेलले गृहमन्त्रालयमा नेपाल प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको टिप्पणी गरेका छन् ।
मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले भने, ” गृह मन्त्रालयमा प्रहरीले विश्वसनीयता गुमाउँदै गइरहेको छ । नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको छ ।”

गृहको नेतृत्वले भनेको कुनै पनि काम नहुने स्थिति बनेको र सार्वजनिक जग्गादेखि लिएर सुशासन कायम गर्ने सन्दर्भमा गृह मन्त्रालयले स्पष्टता प्रस्तुत गर्न नसकेको सांसद पौडेलले बताए ।
उनले अघि भने, “नेतृत्वले भनिरहने कुनैपनि काम नहुने स्थिति बनेको छ । गृह मन्त्रालयको पनि चालु खर्च १ अर्ब १० करोड वृद्धि भएको स्थिति छ ।” सांसद पौडेलले आगामी आर्थिक वर्षको बजेट विनियोजनले आर्थिक अनुशासनको पालना नगरेको बताए । उनले विगतका सरकारहरु र मन्त्रीका कारणले वर्तमान व्यवस्थामाथि टिकाटिप्पणी भइरहेको बताए ।
खासगरी मन्त्री र सरकारहरुको कारणले हाम्रो व्यवस्था र संघीयतामाथि सबभन्दा बढी टिकाटिप्पणी भइरहेको उनले आरोप लगाए ।














