Logo
Logo

प्रहरी जवान अजितले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष


1.1k
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा मृत भेटिएका प्रहरी जवान अजित गोलेको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

संघीय संसद सुरक्षा बेसमा विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत अजितले आफैँले गोली हानेर आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजितले आफैंले बोेकेको इन्सास राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।

एसपी अधिकारीका अनुसार गोलेले आफ्नै निधारमा गोली हानेका हुन् । उनी आजै बिहान ६ बजेदेखि १० बजेसम्मको ड्युटी पालोमा २ नम्बर गेटमा हतियारसहित सुरक्षार्थ खटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्