Logo
Logo

प्रहरी जवान अजितको शव टिचिङ अस्पताल लगियो


5.5k
Shares

काठमाडौं । संसद भवनको शौचालयमा आत्महत्या गरेका प्रहरीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल लगिएको छ ।दोलखा घर भएका २२ वर्षीय जवान अजित गोलेले बिहान नयाँ बानेश्वरस्थित संसद भवनको शौचालयमा आफैँले बोकेको बन्दुकले निधारमा गोली हानेका थिए ।

घटनास्थलमै मृत्यु भएको उनको शव पोष्टमार्टमका लागि टिचिङ लगिएको हो । संघीय संसद सुरक्षा बेसमा विशेष सुरक्षा दस्ता (एसटीएफ) मा कार्यरत् उनले आत्महत्या गर्नुको कारण भने खुल्न सकेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्