
काठमाडौं । गोरखाका पालुङटारमा बाघको आक्रमणबाट २ जना घाइते भएका छन् । बाघको आक्रमणबाट स्थानीय ७६ वर्षीय गनबहादुर कुमाल र सोही ठाउँका ६३ वर्षीय राजमान कुमाल घाइते भएका हुन् ।
पालुङटार नगरपालिका–७ च्याङलिङस्थित बगरखेतमा बाघको आक्रमणबाट दुबैजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । राजमानलाई मर्स्याङ्दी नदीमा माछा मार्न जाँदा र गनबहादुरलाई स्थानीय जंगलमा घाँस काट्न जाँदा बाघले आक्रमण गरेको हो ।
घाइते दुबैको घाँटी, खुट्टा र शरीरका विभिन्न भागमा चोट छ । राजमानको तनहुँस्थित डुम्रे अस्पतालमा र गनबहादुरको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।














