पोखरा । अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय राजदूतावासको आयोजनामा पोखराका तीन प्रख्यात स्थलमा योग प्रदर्शनको आयोजना सम्पन्न भएको छ ।
भारतीय राजदूतावासले आयोजना गरेको योग प्रदर्शनमा सहभागीहरुले अन्नपूर्ण हिम श्रृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङ्कोट भ्यू पोइन्टमा सूर्योदय योग गरेका थिए । त्यस्तै पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरेको भारतीय राजदूतावासले जानेको छ ।

योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरु प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए । पोखरा नजिकैको नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शन आयोजना गरेको भारतीय राजदूतावासले जनाएको छ ।
”स्वयम् र समाजका लागि योग” भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरु बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरुको सहभागीता रहेको राजदुतावासले जनाएको छ ।














