Logo
Logo

टी-२० विश्वकप : सुपर आठको पहिलो खेलमा अफगानिस्तानविरुद्ध भारतको सहज जित


504
Shares

काठमाडौं । जारी आइसिसी टी–२० विश्वकपमा अफगानिस्तानविरुद्ध भारतले ४७ रनको जित निकालेको छ । गएराति सुपर आठको पहिलो खेलमा भारतले अफगानिस्तानमाथि ४७ रनको जित निकालेको हो ।

भारतले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले १३४ रनमात्रै बनाउन सक्यो । अफगानिस्तानका लागि अजमतउल्लाह ओमरजईले बनाएको २६ रन सर्वाधिक रह्यो ।

नजिबउल्लाह जद्रानले १९ रन बनाउँदा गुलबदिन नईबले १७ रन जोडे। मोहम्मद नाभिले १४ रन बनाए भने अन्य ब्याटरले रन बनाउन सकेनन् । बलिङतर्फ भारतका जसप्रित बुमराह र अर्शदीप सिंहले ३-३ विकेट लिए भने कुलदीप यादवले २ तथा अक्षर पटेल र रविन्द्र जडेजाले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाएर १८१ रन बनाएको थियो । भारतका लागि सूर्यकुमार यादवले अर्धशतक हाने । उनले २८ बलमा ५ चौका र ३ छक्का हानेर ५३ रन बनाए ।

हार्दीक पाण्ड्याले २४ बलमा ३ चौका र २ छक्का हानेर ३२ रन जोडे । विराट कोहलीले २४ बलमा १ छक्का हानेर २४ रन बनाए भने ११ बल खेलेका रिसभ पन्तले ४ चौका हानेर २० रन बनाए । कप्तान रोहित शर्मा ८ रन बनाएर आउट भएका थिए । बलिङतर्फ रसिद खान र फजलहक फारूकीले ३÷३ विकेट लिए भने नवीन उल हकले १ विकट लिए ।

सुपर आठको समूह १ मा भारत, अफगानिस्तान, बंगलादेश र अष्ट्रेलिया छन् । समूहको शीर्ष २ टिम सेमिफाइनल पुग्नेछ । शुक्रबार बिहान अष्ट्रेलिया र बंगलादेशबीच खेल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्