
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सङ्घीय संसद् भवनस्थित ल्होत्से हलमा दिउँसो ३ बजे बस्नेगरी बोलाइएको हो ।
त्यसअघि दिउँसो २ बजे संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा दलको कार्यसमितिको बैठक बस्ने छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार बैठकमा समसामयिक राजनीतिक विषयमा र बजेट लगायतका विषयमा छलफल हुने छ ।














