Logo
Logo

रास्वपालाई अध्यक्ष लिङ्देनको सुझाव : जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्नु


441
Shares

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका छन् ।

रास्वपाको दोश्रो स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित चियापान कार्यक्रममा उनले नेपाली राजनीतिमा नयाँ दलको रुपमा स्थापीत भएको रास्वपाले धेरै प्रगति गरेको भन्दै जनताले देखाएको भरोषा र आशामा धोका हुने काम नगर्न रास्वपालाई सुझाव दिएका हुन् ।

उनले अहिले पनि संसदमा पुरानै दल हावी भएको अवस्थामा मुख्य नेताहरुले गरेको निर्णयको भारी सवै सांसदहरुले बोक्नुपर्ने अवस्था विद्यमान नै रहेको धारणा राखे ।

उनले संसदमा पुरानो प्रवृति अहिले पनि रहेकाले कुनै पनि सांसदले आफ्नो स्वविवेकले निर्णय गर्न नसक्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्