काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको छ ।

न्यायाधीशद्धय सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासमा पेशी रहेको सो मुद्दामा शुक्रबार बहस नसकिएपछि हेर्दा हेर्दैमा राखिएको सर्वोच्चका प्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए । उनका अनुसार सर्वोच्चले अर्को पेसी असार १६ गतेका लागि तोकेको छ ।
प्रवक्ता घिमिरेका अनुसार अधिवक्ता अनुपम भट्टराईले दर्ता गराएको रिटमा शुक्रबार रिट निवेदक र सरकारी वकिलको मात्र बहस सकिएपछि हेर्दाहेर्दैमा राखिएको हो । लामिछानेका तर्फबाट बहसका लागि समय नपुगेको र जवाफ पनि बाँकी रहेकाले अर्को दिन असार १६ गते पेसी तोकिएको घिमिरेले बताए ।














