Logo
Logo

देशभर मनसुन फैलिदै, यी स्थानमा वर्षाको सम्भावना


378
Shares

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबारसम्म मनसुनको प्रभाव पाँच प्रदेशमा रहेको छ । कोशी प्रदेशबाट भित्रिएको मनसुन कोशीसँगै मधेस, बागमती र गण्डकी प्रदेशको अधिकांश भूभाग र लुम्बिनको पूर्वी भूभागसम्म फैलिएको छ ।

अन्य भूभागमा भने अझै पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको शनिबार महाशाखाले जनाएको छ । मनसुन र पश्चिमी वायुको प्रभावले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा शनिबार बिहान हल्कादेखि पूर्णतया बदली छ भने बाँङ्की भूभागमा आंशिक बदली छ ।

महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशका केही भूभाग तथा बागमती, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शनिबार दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने पनि महाशाखाले जनाएको छ ।

दिउँसो बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही, कोशी र मधेश प्रदेशको थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा राति पनि मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्