Logo
Logo

श्री एयरलाइन्सले ल्यायो ८० सिटे विमान


756
Shares

काठमाडौं । निजी हवाइ सेवा कम्पनी श्री एयरलाइन्सले ८० सिटे विमान थपेको छ । डि हाभिलैन्ड अफ क्यानाडा निर्मित कल साइन (एन–एओएम) को ८० सिटे नयाँ विमान थपेको हो ।

उक्त विमान अमेरिकाबाट क्यानडा–इजिप्ट–ओमान हुँदै करिब १० हजार ४०० माइलको दूरी पार गरी त्रिभुवन विमानस्थलमा ल्याण्ड गरिएको छ । श्री एयरलाइन्सका पाइलटहरूले ३३ घण्टाको उडानपछि शुक्रबार राति १ बजे उक्त विमान काठमाडौंमा ल्याण्ड गरेका हुन् ।

८० सिटको क्यु ४००–८ विमान आरामदायी र सुरक्षित हुनुका साथै कम ध्वनी अनुभूति हुने श्री एयरलाइन्सका कर्पोरेट निर्देशक अनिल मानन्धरले जानकारी दिए ।

सन् २०१७ देखि सेवा सुरु गरेको श्री एयरलाइन्सले हाल सीआरजे २००÷७०० तथा क्यु ४००– गरी १० विमानहरूबाट देशका विभिन्न ठाउँमा उडान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्