Logo
Logo

आईसीसी टी–२० विश्वकप : किन सन्दीप स्वदेश फर्किन ढिलाई ?


2k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा सहभागी भइ क्रिकेटर सन्दीप लामिछाने शनिबार स्वदेश फर्किएका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका अन्य सदस्य तीन दिन अघि नै स्वदेश फर्किएपनि सन्दीप भने शनिबार स्वदेश फर्किएका हुन् । अमेरिकाको भिसा नभएका कारण सन्दीप टोलीसँगै नेपाल फर्किन पाएका थिएनन् ।

उनी क्यानडा हुँदै नेपाल आएका हुन् । नेपाल आएपछि त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै सन्दीपले टी–२० विश्वकपको खेल खेल्दा आफूले डेब्यू गरेजस्तो अनुभव भएको प्रतिक्रिया दिए ।

विश्वकपको अनुभव निकै स्मरणीय रहेको भन्दै टिममा अझै धेरै गर्न बाँकी रहेको उनले बताए । उनले साउथ अफ्रिकालाई दिएको चूनौति निकै राम्रो भएपनि अन्तिम बलमा जित्न नसक्दा दुख लागेको सुनाए ।

उनले बिभिन्न कारणले आफु केहि समय क्रिकेटबाट बाहिर रहेपछि अव निरन्तर रुपमा लागिपर्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्