
काठमाडौं । पोर्चुगल जर्मनीमा जारी युरो–२०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । शनिबार राति डर्टमण्डमा भएको खेलम टर्कीएलाई ३–० ले पराजित गर्दै पोर्चुगल एक खेलअघि नै अन्तिम १६ मा पुगेको हो ।
पोर्चुगलको जितमा बर्नार्डो शिल्भाले २१औं र ब्रुनो फर्नान्डेजले ५६औं मिनेटमा गोल गरे । टर्कीका सामेत एकाएदिनले २८औं मिनेटमा आत्मघाती गोल उपहार दिएका थिए ।
यसअघि पहिलो खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई २–१ ले पराजित गरेको थियो । पोर्चुगल लगातार दुई जितपछि ६ अंक जोडेर समूह एफको शीर्ष स्थानमा छ । दुई खेलबाट टर्की ३ अंकसहित दोस्रो स्थानमा छ ।














