Logo
Logo

फणीन्द्र देवकोटाले दायर गरेको रिट न्यायाधीश राउतको इजलासमा


2.8k
Shares

काठमाडौं । गण्डकी प्रदेशका पदमुक्त सांसद फणीन्द्र देवकोटाको सर्वोच्च अदालमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।
उनले आफूमाथि कारबाही गरिएको निर्णय बदर गर्न माग गर्दै दायर गरेको रिट न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासमा पेशी तोकिएको छ । आइतबार न्यायाधीश राउतको इजलासमा चौथो नम्बरमा पेशी तोकिएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेको पक्षमा विश्वासको मत दिएपछि माओवादी केन्द्रले उनलाई कारबाही गरेको थियो ।
गोरखाबाट माओवादीको निर्वाचन चिह्नबाट निर्वाचित भएका देवकोटाले भने आफूलाई स्वतन्त्र सांसद दाबी गर्दै आएका छन् ।

बाबुराम भट्टराई नेतृत्वको दल नेपाल समाजवादी पार्टीमा आफू आबद्ध भएकाले स्वतन्त्र सांसदको रूपमा रहेको भन्दै उनले माओवादीले गरेको कारबाही गैरकानुनी भएको जिकिर गरेका छन् ।

उनले रिटमा गण्डकी प्रदेशसभाका सभामुख, गण्डकी प्रदेशसभा,माओवादी केन्द्र, माओवादी केन्द्र गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरिबहादुर चुमान लगायतलाई विपक्षी बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्