काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले समाजवादी कार्यक्रमलाई महाधिवेशनले पारित गर्ने र त्यहि अनुसारको अभियान सञ्चालन गर्ने बताएका छन् ।

राष्ट्रिय जनसास्कृतिक महासंघ समाजवादीले मंगलबार काठमाडौंमा आयोजना गरेको जनसांस्कृतिक साँझमा बोल्दै खनालले महाधिवेशनले नीति र दृष्टिकोणका आधारमा सहमतिका साथ नेतृत्व चयन गर्ने दावी गरे ।
उनले दक्षिणपन्थी यथास्थितिवादका विरुद्ध कम्युनिष्ट आन्दोलनमा भूकम्प सिर्जना गरि रुपान्तरणको सुरुवात गर्ने जिकिर गरे ।














