Logo
Logo

खस्कियो अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता


1.3k
Shares

काठमाडौँ । यसअघि आईसीसीको वरीयतामा छैटौँ स्थानमा रहेका नेपाली अलराउण्डर दीपेन्द्रसिंह ऐरीको वरीयता खस्किएको छ ।

अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले आज सार्वजनिक गरेको टी–२० अलराउण्डरतर्फको नयाँ वरीयतामा उनी एक स्थान तल झरेका छन्। यसअघि छैटौँ वरीयतामा रहेका ऐरी नयाँ वरीयतामा सातौँ स्थानमा आइपुगेका छन् ।

वरीयताको शीर्ष स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा रहेका छन्। दोस्रो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी रहँदा तेस्रो स्थानमा भारतका हार्दिक पाण्ड्या रहेका छन् ।

टी–२० को ब्याटिङतर्फ भने दीपेन्द्रको वरीयता ४६औँ स्थानमा यथावत नै रहेको छ । ब्याटिङतर्फ रोहित पौडेल ६१औँ तथा आशिफ शेख ७०औँ स्थानमा यथावत रहेका छन् ।

बलिङतर्फ सोमपाल कामी ९१औँ स्थानमा यथावत रहँदा दीपेन्द्र एक स्थान खस्कँदै ९७औँ स्थानमा झरेका छन् ।

प्रतिक्रिया दिनुहोस्