Logo
Logo

एसईइमा १८६ जनाले मात्रै ४ जीपीए ल्याए


4.4k
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा सहभागी भएका चार लाख ६४ हजार सात सय ८५ जनामध्ये ४७ दशमलव ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भएका छन् भने तीमध्ये जम्मा १८६ जनाले मात्रै ४ जीपीए ल्याएका छन् ।

परीक्षामा सहभागी भएकामध्ये ५२ दशमलव १४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याएका छन् । उनीहरुले पुनः ग्रेड वृद्धि परीक्षामा सहभागी हुनुपर्ने परीक्षा बोर्डका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । दुई सय २१ जनाको भने परीक्षा रद्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्