
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को पुरक (मौका) परीक्षा साउनमा गर्ने बताएकाे छ । बिहीबार पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गर्दै बोर्डले एक वा दुई विषयमा नन ग्रेड ल्याएका विद्यार्थीले आगामी साउन १८ र १९ गते पुरक परीक्षा दिन पाउने बताएको हो ।
परीक्षामा सहभागी चार लाख ६४ हजार ७८५ मध्ये एक लाख १५ हजार ८३४ जनाले नन ग्रेड ल्याएका छन । सबैभन्दा धेरै ७८ हजार ८७४ परीक्षार्थी जीपीए २.८० देखि ३.२० ल्याएर उत्तीर्ण भएका छन् । जीपीए ३.६० देखि ४ सम्म ल्याउने परीक्षार्थीको संख्या ३१ हजार २०९ छ ।
३.२० देखि ३.६० सम्म जीपीएसहित ६८ हजार २५६ र जीपीए २.८० देखि ३.२० ल्याएर ७८ हजार ८७४ परीक्षार्थी उत्तीर्ण भएका छन् । जीपीए २.४० देखि २.८० सम्म ल्याउने परीक्षार्थी ४१ हजार १७७ छन् ।
दुई हजार ९५० परीक्षार्थीले जीपीए २.० देखि २.४० ल्याएका छन् । ६ परीक्षार्थीले जीपीए १.६ देखि २ सम्म ल्याएका छन् । दुई लाख ४२ हजार ३१३ परीक्षार्थी ‘नन ग्रेडेड’मा परेको बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए ।














