काठमाडौँ । नेकपा एकीकृत समाजवादीले वरिष्ठ उपाध्यक्ष पद थप्ने भएको छ । बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको प्रचार विभाग जगन्नाथ खतिवडाले जानकारी दिए ।

योसँगै वरिष्ठसहित सात उपाध्यक्ष र सचिव सातदेखि ९ जनासम्म हुने खतिवडाले जानकारी दिए । उनका अनुसार बैठकले आगामी महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ सदस्यीय बनाइने निर्णय पनि गरेको छ । यसअघि १९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने प्रस्ताव गरिएको थियो ।
पार्टीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौँमा हुँदैछ । सो पार्टीले केन्द्रीय पदाधिकारी २१ जना बनाउन प्रस्ताव गर्ने र वरिष्ठ उपाध्यक्ष र सम्मानित नेताको पद कायमै राख्ने भएको छ ।
बैठकले उपाध्यक्षमा एक जना महिला सुरक्षित गर्ने निर्णय गरेको छ ।














