Logo
Logo

मकै गोडिरहेकी महिलाको करेन्ट लागेर मृत्यु, तीन जना घाइते


378
Shares

दाङ । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर तीन महिला घाइते भएका छन् ।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको बताए ।

घटनास्थल पुगेका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक ऋषि पाठकले करेन्ट लागेर थप तीन जना घाइते भएको बताए । ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन् ।

घाइतेहरुको अवस्था खतरामुक्त रहेको पनि पाठकले बताए । उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो । उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन् ।

उनलाई करेन्ट लागेपछि अरूले उनलाई बचाउने प्रयास गर्दा करेन्ट लागेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्