Logo
Logo

प्रधानमन्त्रीका कारण अहिलेको दुर्घटना निम्तियो : गगन


5.5k
Shares

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो व्यक्तिगत इच्छा विपरीत पार्टी सरकारमा जानुपर्ने परिस्थिति बनेको बताएका छन् । विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अस्थिरताको कारण अहिलेको परिस्थिति बनेको बताएका हुन् ।

‘मेरो इच्छाले हुन्थ्यो भने अहिले पनि त्यही ठाउँमा हुन्थ्यो । यो सरकार बन्ने या नबन्ने भन्ने कुरा व्यक्ति वा दलको कारणले हुँदैन रहेछ,’ उनले भने, ‘प्रचण्डले एमालेसँग सरकार बनाएको ४ महिना पनि नपुग्दै अर्कैसँग लसपस गर्न हात खुट्टा पसारेपछि अहिलेको दुर्घटना निम्तिएको हो ।’

थापाले काँग्रेसको नेतृत्वमा बनेको अहिलेको संविधान जोगाउने जिम्मेवारी पनि काँग्रेसकै बढी रहेको बताए । यद्यपि काँग्रेस र एमालेको सङ्ख्याले मात्रै संविधान संशोधन गर्न नपुग्ने उनको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्