Logo
Logo

एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वास मत दिन्छ: घनश्याम भूसाल


756
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का नेता घनश्याम भूसालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पार्टीले विश्वासको मत दिने बताएका छन् ।

महाधिवेशनस्थल कमलादीमा बिहीबार पत्रकारहरूसँगको कुराकानीमा भूसालले प्रचण्ड नेतृत्वको सरकारबाट पार्टीका मन्त्रीहरू फिर्ता नहुने बताए ।

दाहाल नेतृत्वको संघीय सरकारमा एकीकृत समाजवादीका दुई जना मन्त्री छन् । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन् ।

नेकपा (एमाले)ले दाहाल नेतृत्वको सरकारलाई बुधबार समर्थन फिर्ता लिएको थियो। एमालेका ८ मन्त्रीहरूले बुधबार नै पदबाट राजीनामा दिएका थिए। प्रधानमन्त्री दाहालले तत्काल पदबाट राजीनामा नदिने बरू संसद फेस गर्ने बताइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्