Logo
Logo

त्रिशूलीमा बस र यात्रु बेपत्ता भएको घटनाप्रति अध्यक्ष नेपालद्वारा दुःख व्यक्त


252
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले चितवनको सिमलतालमा पहिरोले बगाउँदा बस त्रिशूली नदीमा बेपत्ता भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्स बस र काठमाडौं आउँदै गरेको एन्जल बस तथा बसमा सवार यात्रुको उद्धारमा जुट्न पनि सबैलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उद्धारका लागि आह्वान गर्दै अध्यक्ष्य नेपालले भनेका छन्, ‘काठमाडौँबाट मेरो गृह नगर गौर जाँदै गरेको गणपति डिलक्समा ४१ जना र वीरगन्जबाट काठमाडौँ आउँदै गरेको एन्जल बसमा २४ जना सवार रहेकोमा अहिलेसम्म उनीहरूको अवस्था सार्वजनिक हुन सकेको छैन । प्राकृतिक विपत्तिको यस क्षणमा उद्धारको काममा जुट्न सरकारी तथा अन्य निकाय एवम् महानुभावहरूमा सादर अनुरोध गर्दछु ।’ आवश्यक सतर्कता अपनाएर यात्रा गर्न पनि सबैलाई उनले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्