Logo
Logo

रुसी युद्धपोत डुबाएको युक्रेनको दाबी


0
Shares

काठमाडौं । युक्रेनले लिबियाको तटीय क्षेत्रमा रुसी नौसेनाको युद्धपोत डुबाएको दाबी गरेको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार सामाजिक सञ्जाल एक्समार्फत रुसी नौसेनाको ‘मक्र्युरी’ नामक युद्धपोत युक्रेनी सेनाले आक्रमण गरी डुबाएको जानकारी दिएक छन् । 

The current image has no alternative text. The file name is: ukrin.jpg

जेलेन्स्कीकाअनुसार उक्त युद्धपोत रुसका नयाँ युद्धपोतहरूमध्ये एक हो । सन् २०२३ मा मात्रै रुसी नौसेनामा समावेश गरिएको उक्त युद्धपोतलाई युक्रेनले सातवटा युक्रेनमै निर्मित समुन्द्री ड्रोन प्रयोग गरी निशाना बनाएको उनले बताएका छन् ।

आक्रमणका क्रममा रुसी सेनाको केए-२७ लडाकु हेलिकप्टर पनि ध्वस्त पारिएको तथा हतियार ढुवानीमा प्रयोग हुँदै आएको एमभी अंगारा नामक मालवाहक पानीजहाजमा समेत क्षति पु¥याइएको जेलेन्स्कीको दाबी छ ।

उक्त सैन्य कारबाही युक्रेनको सुरक्षा सेवाले देशका रक्षा बलहरूसँगको समन्वयमा सञ्चालन गरेको उनले उल्लेख गरे । यद्यपि, आक्रमणबाट भएको क्षति र रुसी युद्धपोत पूर्ण रूपमा डुबेको विषयमा रुसको आधिकारिक प्रतिक्रिया वा स्वतन्त्र पुष्टि उपलब्ध विवरणमा उल्लेख छैन 

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000