Logo
Logo

झापामा एक जनामा देखियो कोरोना पोजेटिभ, संक्रमितको संख्या ५२ पुग्यो


- दृष्टि न्युज/संवाददाता

0
Shares

झापा, १४ बैशाख । झापामा अर्को थप एक जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणमा उनलाई पोजेटिभ देखिएको हो । यसअघि झपामा एक जनामा कोरोना पोजेटिभ पुष्टि भएको थियो । यसयससँगै नेपालमा संक्रमितको संख्या ५२ पुगेको छ । यीमध्ये १६ जना निको भइ अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्