Logo
Logo

जग्गा कीर्ते गरेर ऋण लिनेहरूलाई ४ वर्ष कैद


945
Shares

काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई विशेष अदालतले चार-चार वर्ष कैद सजायको फैसला गरेको छ ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले थप दुई जनामाथि दुई वर्ष र चार जनामाथि एक वर्षको दरले कैद सजायको फैसला गरेको छ ।

अदालतका अनुसार पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ । उविन्दराज शाक्य र रेशमबहादुर सिलवाललाई ४ वर्षका दरले कैद सजायको फैसला गरेको हो ।

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई-दुई वर्षका दरले कैद फैसला भएको छ । रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक–एक वर्षका दरले कैद हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्