Logo
Logo

विदा हुँदै बिराजभक्त श्रेष्ठले भने, ‘खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो भयो’


441
Shares

काठमाडौं । निवर्तमान खेलकुदमन्त्री बिराजभक्त श्रेष्ठले आफ्नो कार्यकालमा धेरै सुधारका काम गर्न नसकेपछि सवै कामको जिम्मेवारी आफुले लिने बताएका छन् ।

आइतबार सिंहदरबारमा आयोजित विदाइ कार्यक्रममा उनले राम्रा काम सबैको र नराम्रो जति कामको सबै जिम्मेवारी आफूले लिने बताए । उनले आफ्नो कार्यकालमा भएका नीतिगत कुराहरु महत्वपूर्ण भएको जिकिर गरे । मन्त्री श्रेष्ठले खेलकुद क्षेत्रमा निकै अपेक्षा भएपनि त्यस अनुसारको काम गर्न नसकेको बताए ।

उनले खेलकुद मन्त्रालयमा काम गर्न धेरै नै पेचिलो देखिएको अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहोस्