
काठमाडौं । वाणिज्य बैंकहरूले साउन महिनाका लागि ब्याजदर घटाएका छन् । निरन्तर ब्याजदर घटाउँदै आएका बैंकहरूले बैंकिङ्ग प्रणालीमा निक्षेप थुप्रिएपछि साउनमा पनि मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् । यसअघि पनि ब्याजदर धेरै घटिसकेकाले साउनमा बैंकहरूले न्यून बिन्दुमा घटाएका छन् ।
साउनमा वाणिज्य बैंकहरूको औसत ब्याजदर ०.१३ प्रतिशत घटेर व्यक्तिगततर्फ ६.६७ प्रतिशत र संस्थागततर्फ ०.१८८ प्रतिशत घटेर ५.४३ प्रतिशत कायम भएको छ । तर, सञ्चालनमा रहेका दुई बैंक कृषि विकास बैंक र एभरेष्ट बैंकले भने ब्याजदर बढाएका छन् ।
कृषि विकासले ०.६३२४ प्रतिशत र एभरेष्टले ०.५५ प्रतिशत ब्याजदर बढाएका हुन् । १३ बैंकले घटाएका छन् । बाँकी ५ बैंकको ब्याजदर स्थिर छ । नेपाल एसबीआई बैंक, लक्ष्मी सनराइज बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र नबिल बैंकले असारको ब्याजदरलाई साउनमा पनि यथावत राखेका छन् । स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ, कृषि विकासले संस्थागततर्फको ब्याजदर स्थिर राखेका छन् ।
वाणिज्य बैंकहरुको ब्याजदर :
| बैंक | असारको ब्याजदर | साउनको ब्याजदर |
| कृषि विकास | ५.६६ | ६.२९ |
| एभरेष्ट | ५.७५ | ६.३ |
| राष्ट्रिय वाणिज्य | ६.२२ | ६.२१ |
| एसबीआई | ६.३ | ६.३ |
| लक्ष्मी सनराइज | ६.५ | ६.५ |
| ग्लोबल आईएमई | ६.५ | ६.२५ |
| कुमारी | ६.७६ | ६.७१ |
| प्राइम कमर्सियल | ६.७५ | ६.५ |
| नेपाल | ६.७५ | ६.२५ |
| सानिमा | ६.८ | ६.४ |
| सिटिजन्स | ६.९ | ६.७५ |
| नबिल | ७ | ७ |
| इन्भेस्टमेन्ट मेगा | ७ | ७ |
| एनआईसी एसिया | ८.२५ | ७.५३ |
| स्टान्डर्ड चार्टर्ड | ७ | ७ |
| हिमालयन | ८.२५ | ७.5 |
| प्रभु | ७.६९ | ७ |
| एनएमबी | ७.६९ | ७.५३ |
| सिद्धार्थ | ७ | ६.७५ |
| माछापुच्छ्रे | 7.५ | ७ |











