काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पदभार ग्रहणका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका छन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री कार्यालयका सचिवहरुले स्वागत गरेका थिए ।

राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओली लैनचौरस्थित शहीद स्मारक पार्क पुगेका थिए । त्यसपछि उनी ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आएका थिए ।














