Logo
Logo

प्रधानमन्त्री ओलीद्वारा पदबहाली


693
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदबहाली गरेका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आजै राष्ट्रपति भवन, शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएपछि प्रधानमन्त्री ओलीले लैनचौरस्थित शहीद पार्कमा शहीदप्रति श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

च्यासलस्थित नेकपा एमालेको कार्यालयमा जननेता मदन भण्डारीको सालिकमा माल्यार्पण गरेपछि प्रधानमन्त्री ओलीले सिंहदरबारमा कार्यभार सम्हालेका हुन् ।

प्रधानमन्त्री ओली कार्यालय प्रवेश गर्दा नेपाल सरकारका निमित्त मुख्यसचिव लीलादेवी गड्तौला, सचिवलगायत उच्चअधिकारीहरूले उनलाई स्वागत गरेका थिए । प्रधानमन्त्री ओलीको पद बहाली–निर्णयबारे उहाँको सचिवालयले छिट्टै सार्वजनिक गर्ने जनाएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ७६ (२) बमोजिम नेपाली कांग्रेस र नेकपा एमाले को समर्थनमा एमालेका अध्यक्ष ओलीलाई यही आइतबार मुलुकको ४५औँ प्रधानमन्त्रीका रुपमा नियुक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्