Logo
Logo

शालीन व्यक्तित्व : गृह प्रशासनको नेतृत्व


3.4k
Shares

काठमाडौँ । नेपाली कांग्रेसभित्र प्रभावशाली एवं समन्वयकारी नेताका रूपमा स्थापित कांग्रेस नेता रमेश लेखकले मुलुकको गृह प्रशासनको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज उनलाई गृहमन्त्रीका रुपमा नियुक्त गरेका हुन् । राजनीतिक विषयवस्तुलाई गहन ढंगले अध्ययन गरी तर्क प्रस्तुत गर्नसक्ने प्रखर व्यक्तित्व तथा अध्ययनशील नेताका रुपमा मन्त्री लेखक चिनिन्छन् ।

माता शारदादेवी र पिता प्रयागदत्तका सुपुत्रका रुपमा लेखकको जन्म २०२० साल मङ्सिर २५ गते बैतडी जिल्लामा भएको हो । उनको स्थायी ठेगाना सुदूरपश्चिम प्रदेशस्थित कञ्चनपुरको बेदकोट नगरपालिका-८ मा रहेको छ । नेता लेखक हाल काठमाडौँको चन्द्रागिरि नगरपालिकामा बसोबास गर्छन् ।

उनले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका छन् । लेखक विसं २०३६ मा नेपाल विद्यार्थी संघ र २०४६ सालमा नेपाली कांग्रेसमा आबद्ध भए ।

उनले २०३६ सालमा कञ्चनपुरको सिद्धनाथ विज्ञान क्याम्पसबाट नेपाल विद्यार्थी संघको राजनीति सुरुआत गरेका थिए । २०४६ सालको जनआन्दोलनसँगै पार्टीको सक्रिय राजनीति सुरु गरे । २०५६ सालको आम निर्वाचनमा पहिलोपटक कञ्चनपुर निर्वाचन क्षेत्र नं ४ बाट उनी निर्वाचित भएका थिए ।

जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभामा नेता लेखकले सक्रिय भूमिका खेले । लोकतन्त्रको बहालीपछि उनी श्रम तथा यातायातमन्त्री भएका थिए । लेखक २०६४ सालको संविधानसभामा समानुपातिक निर्वाचन प्रणालीमार्फत सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको दोस्रो संविधानसभामा कञ्चनपुरबाट प्रत्यक्ष निर्वाचित भए । लेखक भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत बने ।

पत्रकारिता र प्राध्यापनसमेत गरेका लेखक कानुन व्यवसायीका रुपमा क्रियाशील थिए । उनले सर्वोच्च अदालतबाट वरिष्ठ अधिवक्ताको उपाधि पाएका छन् ।

कानुनका ज्ञाता लेखकले संविधान तथा कानुन निर्माणमा विशेष भूमिका लेखेका थिए । नेपालको शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पु¥याउन उनले पु¥याएको योगदान स्मरणीय छ । नेता लेखक नेपाल सरकारका तर्फबाट तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्ने टोलीका सदस्य थिए । गृहमन्त्री लेखकका ‘शाही शासनको एक वर्ष’, नामक पुस्तकसहित विभिन्न पत्रपत्रिकामा लेख तथा रचना प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस्