Logo
Logo

उपप्रधानमन्त्री सिंह र भारतीय राजदूतबीच भेटवार्ता


945
Shares

काठमाडौं । उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । राजदूत श्रीवास्तवले सिंहदरबारस्थित मन्त्रीको कार्यकक्ष पुगेर भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा श्रीवास्तवले उपप्रधानमन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना दिएका थिए । सो क्रममा भारतीय सहयोगमा भइरहेको पुननिर्माणका कामका बारेमा समिक्षा भएको शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालले जानकारी दिए । त्यस्तै नाकाहरुमा निर्माण भइरहेको एकीकृत जाँच चौकी निर्माणमा मन्त्रालयबाट भइरहेको कामका बारेमा पनि छलफल भइरहेको उनले बताए ।

त्यस्तै भारतले नेपाललाई सहयोग गर्न सक्ने फोहरमैला व्यवस्थापन, नदिनालाको प्रदुषण न्यूनिकरणको क्षेत्रमा पनि सहकार्य गर्न सकिने भारतीय राजदूतले बताएका थिए । सो क्रममा उपप्रधानमन्त्री सिंहले भारतले नेपाललाई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग हुने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्