Logo
Logo

दुई इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, ९ माघ । ८० हजार घुससहित पक्राउ परेका दुई इन्जिनियरविरुद्ध मुद्दा दायर भएको छ । रुपन्देहीको शुद्दोधन गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय, मानपकडी, रूपन्देहीको प्राविधिक शाखामा कार्यरत इन्जिनियर कपिल अर्याल र सवइन्जिनियर लक्ष्मण ढुङ्गानाविरुद्ध मुद्दा दायर गरेको हो ।


सेवाग्राहीको पुरानो भवनको नक्सा पास तथा अभिलेखीकरण गरिदिए वापत विभिन्न बहाना बनाई घुस रकम माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुविरुद्ध मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्