Logo
Logo

निगमद्वारा ४३ करोड ९ लाख ऋण भुक्तानी


378
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋणको किस्तामध्ये ४३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । जसमा दुई न्यारोबडी जहाजको २०८१ आषाढ महिनाको किस्ताबापत पूरा र वाइडबडी जहाजको आंशिक गरी ४३ करोड नौ लाख ५५ हजार दुई सय एकासी रुपैयाँ भुक्तानी गरेको प्रवक्ता रमेश पौडेलले जारी गरेको विज्ञप्तिमा जनाएको छ ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि दुई न्यारोबढी र दुई वाइडबडी जहाज कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर खरिद गरेको थियो । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात् निगमले २०८१ आषाढ सम्मको अवधिमा ५ अर्ब ७९ करोड ७६ लाख ४२ हजार २४९ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको निगमले जनाएको छ ।

यस्तै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गर्न समेत निगमले दुई कोषलाई आग्रह गरेको छ । साथै, किस्ताको संख्या वृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन पनि निगमले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्