Logo
Logo

चीनमा शपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु


630
Shares

काठमाडौं । चीनको जिगोङ शहरमा एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । सिचुवान प्रान्तको उक्त शहरमा १४ तले भवनमा रहेको शपिङ मलमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको हो । आगलागीमा परेर अरु कैयौँ मानिस घाइते भएका छन् भने झण्डै ३० जनालाई उद्धार गरी अस्पताल भर्ना गरिएको छ ।

आगलागीपछि प्रान्तीय अधिकारीले आगलागीको कारण पत्ता लगाउने र भविष्यमा हुन सक्ने यस्ता दुर्घटना रोकथामका लागि आवश्यक काम भइरहेको बताएका छन् । चीनमा आगलागीबाट मानवीय क्षतिका घटना धेरै हुने गरेका छन् । गत जनवरीमा दक्षिण–पूर्वी चीनको एक घरमा भएको आगलागीमा ३९ जनाको मृत्यु भएको थियो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000